बिहीबार, माघ १०, २०८१

सर्वोच्च अदालत : कोरोना परीक्षणको निर्देशिका कार्यान्वयन नगर्न आदेश

नेपालखोज २०७७ असार ९ गते १४:२७

काठमाडौं । सर्वोच्च अदालतले कोभिड परीक्षणसम्वन्धी निर्देशिका कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

Advertisement

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै निर्माण गरेको कोभिड परिक्षण निर्देशिकाको दफा ६ कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सर्वोच्चले दफा संविधानसम्मत नहुने भन्दै जेठ २० गते मन्त्रालयको निर्णयद्वारा जारी गरिएको निर्देशिका कार्यान्वयन नगर्न भनेको हो।

सर्वोच्चले आइसोलेसनमा रहेका नागरिकहरुको पिसीआर परीक्षण गरि रोग मुक्त भएपछि मात्र घर पठाउन निर्देशन दिएको छ ।

 

प्रतिक्रिया