अंगीकृत नागरिकता विधेयक खारेजीको माग गर्दै प्रदर्शन
नेपालखोज
२०७७ असार ९ गते १८:४०
रौतहट । विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने विधेयक खारेजीको माग गर्दै रौतहटमा प्रदर्शन भएको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)को आयोजनामा जिल्लाको गरुडा बजारमा विधेयक विरुद्ध प्रदर्शन भएको हो । जसपा जिल्ला ईन्चार्ज बृज किशोर यादवको नेतृत्वमा भएको प्रदर्शनमा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
नेकपाको सरकारले षड्यन्त्रपूर्ण तरिकाले समितिबाट विधेयक पारित गरेर भारतसँगको रोटीबेटीको सम्बन्ध तोड्ने दुस्साहस गरेको उनीले आरोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया