शनिबार, वैशाख १५, २०८१

आज बुधवार कृष्ण भगवानको दर्शन गर्नुहोस मन शान्त रहनेछ ।। आजको राशिफल ।।

नेपालखोज २०७७ असार १० गते ६:००

आज १० आषाढ २०७७ बुधवार को राशिफल

मेष
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा मानमुटावले सताउनेछ । आर्थिक कारोवारमा बिवादपनि आउला ।

मिथुन
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अध्ययनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

सिंह
आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा, चोटपटकको भयछ सचेत रहनुहोला ।

तुला
विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

धनु
सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कुम्भ
परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

बृष
रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कर्कट
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने र बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

कन्या
आज परिश्रम गर्दा राम्रै धनार्जन हुनेछ । दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।

बृश्चिक
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ ।

मकर
सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मीन
आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया