आइतबार, चैत ९, २०८१

साउदीबाट पहिलो उडानमार्फत २५४ नेपाली स्वदेश फर्किए

नेपालखोज २०७७ असार १० गते १३:२०

काठमाडौँ । साउदी अरबको प्रमुख आर्थिक सहर जेद्दाबाट २५ जना महिलासहित २ सय ५४ जना नेपाली कामदार नेपाल एयरलाइन्समार्फत काठमाडौं आइपुगेका छन् ।

Advertisement

उनीहरु आज बिहान आइपुगेका हुन् ।जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको संयोजनमा उडेको यो पहिलो उडान हो । कार्यवाहक महावाणिज्यदूत रेवती पौडेलका अनुसार स्वदेश फिर्ता हुनेमा अधिकांश करारपत्र समाप्त भएका कामदार रहेका छन् ।

किड्नी फेल भएका, ब्रेन टुयुमर र उच्च रक्तचापका कारण प्यारालाइसिस भएका १० जना बिरामीसमेत आज फर्कनेको सूचीमा रहेका छन् ।
करार अवधि समाप्त भएको हुँदा धेरैजसो कामदारको टिकट रोजगारदाता कम्पनीले बेहोरिदिएको छ ।

एक्जिट भिसा लगाएर पनि स्वदेश नफिरेका हकमा कामदार र रोजगारदाताले आधा–आधा हालेका छन् । बन्द भएका साना कम्पनीमा कार्यरत कामदार आफैले खरिद गरेका उहाँले बताउनुभएको छ । जेद्दा क्षेत्रमा रहेका झन्डै ३ हजार नेपालीले स्वदेश फिर्नका लागि आवेदन दिएका छन् ।

प्रतिक्रिया