शुक्रबार, वैशाख ७, २०८१

सांसद विडारी भन्छन् नेपाल कै छोरी विहे गर

नेपालखोज २०७७ असार १० गते १३:३७

काठमाडौं । वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षको प्रावधान राख्ने विषयलाई लिएर मधेशकेन्द्रीत दलहरुले विरोध गरिरहेका बेला राष्ट्रिय सभागका सांसद रामनारायण विडारीले नेपाल मधेशी युवाहरुले नेपालकै केटी विवाह गरे हुन्छ भन्दै आक्रोश व्यक्त गरेका छन् ।

मंगलवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद बिडारीले नेपालको नागरिकता लिएर छोटो समयमा मन्त्री सांसद बन्न नपाउने भएकाले अहिले मधेशवादी नेताहरुलाई छटपटी भएको आरोप लगाए ।

‘अब भारतका छोरी दिन्नन्, पीर पर्‍यो भनेर एकजना तलतिर बोलेछन् । अब भारतले छोरी दिन्न भनेर रोएछन् । भारतकी छोरी नदिए नेपालका छोराले नेपालकै छोरीसँग बिहे गर्छन् । के विग्रन्छ भन्दै भारतीय बुहारी भित्र्याउन नपाएको दुखी हुन छाडिदिए हुन्छ भन्दै व्यङ्ग समेत गरेका छन् ।

प्रतिक्रिया