पार्टीभित्र बहुमतको खेल सुरु भयो : प्रधानमन्त्री ओली
नेपालखोज
२०७७ असार १० गते १७:३०
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको ओलीले बताए । आजदेखि सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महाधिवेशनसम्म सहकार्य गर्ने सहमतिअनुसार पार्टी नचलेको गुनासो गरे ।
उनले राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी वैशाख दोस्रो साता ल्याएको अध्यादेशको बचाउ गरेका छन् । आफूले गलत गरेका कारण फिर्ता लिएको नभई साथीहरुले भनेका कारण फिर्ता लिएको ओलीले बताए ।
सम्बन्धित
प्रतिक्रिया