बिहीबार, जेठ २, २०८२

रुकुम घटनाको विरोधमा प्रदर्शन गर्ने अधिकारकर्मी बालुवाटारबाट पक्राउ

नेपालखोज २०७७ असार १० गते १७:५३

काठमाडौँ । रुकुम घटनाको विरोधमा प्रदर्शन गर्ने १५ जना दलित अधिकारकर्मी बालुवाटारबाट पक्राउ परेका छन । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।

आज संयुक्त राजनीतिक दलित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर घटनाका दोषीलाई कारबाही गर्न ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम राखेको थियो ।

प्रधानमन्त्री ओलीले समय नदिएपछि उनीहरूले बालुवाटारको ३ नम्बर गेटमा प्रदर्शन गरेका थिए । प्रदर्शन चर्काएपछि प्रहरीले पक्राउ गरेर उनीहरूलाई पुलिस क्लबमा राखेको हो ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा विवाहका लागि प्रेमिकालाई भगाउन गएका जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

प्रतिक्रिया