शुक्रबार, जेठ ३, २०८२

एमसीसी सम्झौता निर्धारित समय भन्दा पर धकेलियो

नेपालखोज २०७७ असार १० गते २०:२८

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताहरुबीच विवाद भइरहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता पर धकेलिएको छ ।

एमसीसी परियोजनासम्बन्धी सम्झौता असार १६ गतेभित्र संसदबाट पारित भइसक्ने समझदारी भए पनि यो मितिमा पारित नहुने पक्का भएको हो । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक असार १७ गतेलाई बोलाएपछि १६ गतेभित्र संसदबाट पारित हुनुपर्ने एमसीसी निर्धारित मितिमा पारित हुने छैन ।

विद्युत् प्रसारण लाइन र सडक सुधारको लागि अमेरिकाले एमसीसी परियोजनामार्फत नेपाललाई पाँच सय मिलेनियम अमेरिकी डलर अर्थात् झण्डै ५५ अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौता भएको छ । तर यो सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने, भारततर्फको प्रसारण लाइनको लागि भारतको सहमति चाहिनेलगायतका केही शर्तका कारण नेपालमा यसको विरोध पनि भइरहेको छ ।

प्रतिक्रिया