बिहीबार, वैशाख १३, २०८१

अख्तितार दुरुपयोग अनुसन्धान आयोगको तेश्रो संशोधन विधेयक प्रति उद्योगीहरुको आपत्ति

नेपालखोज २०७७ असार १० गते २०:०१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेस्रो संशोधान विधेयक २०७६ मा अख्तियारले निजी क्षेत्रबाट सञ्चालित उद्योग, प्रतिष्ठान , कम्पनी वैक, मेडिकल कलेज लगायतकाक निकायलाई समेत समेट्न लागेपछि उद्योगीहरुको संस्था नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आपत्ति जनाएका छन् ।

उद्योगीहरुको छाता संस्थाका रुपमा रहेका यी दुवै संस्थाका नामबाट संयुक्त प्रेस विज्ञप्ति जारी गरी संशोधन विधेयक प्रति ध्यानाकर्षण गराएका छन् । विज्ञप्तिमा भनिएकोक छ, विश्व नै कोरोनाको त्रास र चपेटामा परेको र अर्थतन्त्र ठप्प भएको वर्तमान अवस्थामा आएको विधेयकको यस्तो नियन्त्रणकारी प्रावधानले नेपालको निजी क्षेत्र थप चिन्तित भएको छ । ’

निजी क्षेत्रबाट सञ्चालित उद्योगहरुको नियमन गर्ने सम्वन्धमा प्रचलित कानूनले अन्य धेरै नियमनकारी निकायहरुको व्यवस्था गरेको र ती निकायहरु स्वयं अख्तियारले निगरानी रहन्छन । यस्तो अवस्था हुँदा हुँदै निजी क्षेत्रलाई नियमन गर्न पुन अख्तियार मार्फत प्रस्तावित विधेयकको प्रावधानले निजी क्षेत्र थप हतोत्साहित भएको र यसबाट मुलुकभित्र लगानीको वातावरण अनुकूल नबन्ने निष्कर्ष समेत उद्योगीहरुको भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, हामी व्यवसाय प्रर्वद्धनका लागि स्वतन्त्र व्यवसायिक निर्णय लिन पाउनु पर्ने विषयका पक्षपाती रहेको समेत स्पष्ट पार्दछौं ।’ अत ः सरकार विधेयकको विषयमा गम्भीर हुन विज्ञप्ति मार्फत उद्योगीहरुले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया