बिहीबार, वैशाख १३, २०८१

आज बिहिवार विष्णु भगवान आराधना गर्नुहोस रोकिएको काम बन्ने छ ।। आजको राशिफल ।।

नेपालखोज २०७७ असार ११ गते ६:०२

विष्णु भगवान र उनका अवतारहरूको पुजा गरिने दिन विहिबार हो। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन्।

आज ११ आषाढ २०७७ बिहिवार को राशिफल

मेष
आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शरीरमा आलस्यता आउला ।

मिथुन
दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रणय प्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।

सिंह
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला ।

तुला
आज शुभकार्यको योग छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो यात्रा रहला ।

धनु
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

बृष
महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । आर्थिक कारोवारमा सफलता मिल्नेछ ।

कर्कट
लाभ,हानी,आय,व्यय वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । शुभकार्यमा सरिक भाईनेछ ।

कन्या
आफन्तसंग भेटघाट हुनेछ । सामाजिक कार्यमा मन जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

बृश्चिक
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । घर पारीवर र साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर
आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मीन
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया