पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु
नेपालखोज
२०७७ असार ११ गते ७:५७
कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार गए राति ११ : ५५ मा उनको मृत्यु भएको हो ।
उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । अस्पतालका अनुसार उनी डायबिटिजबाटसमेत पीडित थिए ।
मृतक स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
यो सँगै गण्डकीमा कोरोना भाइरस संक्रमणबाट दुईको मृत्यु भएको छ ।
सम्बन्धित
प्रतिक्रिया