शनिबार, वैशाख ८, २०८१

प्रहरी निरीक्षक नै लागूऔषध कारोबारीको कनेक्सनमा

नेपालखोज २०७७ असार ११ गते १४:३९

काठमाडौं । लागू औषध कारोबारीसँग सम्वन्ध रहेको भन्दै लागू औषध नियन्त्रण व्यूरोले महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

केही दिन अघि व्यूरोले ठूलो परिणाममा लागू औषध कोरेक्स बरामद गरेको थियो । लागू औषध बरामदपछि अनुसन्धानका क्रममा लागूऔषध कारोबार गर्नेसँग प्रहरी निरीक्षक शाहीको सम्पर्क देखिएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया