बुधबार, वैशाख १२, २०८१

जटिल पत्थरीको सफल शल्यक्रिया

नेपालखोज २०७७ असार ११ गते १४:५३

धनगढी। धनगढीको कैलाली अस्पतालले पहिलो पटक मूत्रनलीमा अड्किएको जटिल पत्थरीको सफल शल्यक्रिया गरेको छ । अस्पतालले कञ्चनपुरका २९ महिने बालकको मूत्रनलीमा अड्किएको ७ दशमलव ८ एमएमको पत्थरीको सफल शल्यक्रिया गरिएको जनाएको छजटिल पत्थरीको सफल शल्यक्रिया ।

अस्पतालका डा. आनन्द पाठक र अरुण पाण्डेको समूहले दूरबिन प्रविधिबाट विनाचिरफार जटिल पत्थरीको शल्यक्रिया गरेको कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले जानकारी दिए ।

धनगढीमै मूत्रनलीको जटिल पत्थरीको शल्यक्रिया भएपछि बालकका अभिभावकले खुशी व्यक्त गरेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया