बिहीबार, वैशाख १३, २०८१

आगामी आर्थिक वर्षका लागि टोखा नगरको बजेट १ अर्ब ५८ करोड

नेपालखोज २०७७ असार ११ गते १४:४७

काठमाडौं । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ५८ करोड ४१ लख ७७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

नगरपालिकाको सातौं नगरसभा बैठकमा उपप्रमुख ज्ञानमाया डंगोलले बुधबारको सो अनुमानित बजेट प्रस्तुत गरेकी हुन्। बजेटमा पूँजीगततर्फ १अर्ब ४४ करोड रुपैयाँ र कार्यालय सञ्चालनका लागि १४ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षाका लागि १ करोड ६० लाख, कृषिलाई ५० लाख, महिला विकासका लागि ३० लाख, पशुसेवाका लागि ३० लाख, सहकारीका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको छ । बजेटमा स्वास्थ्यका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ ।

चालु नगरका विकासका आयोजनाका लागि २ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरसभामा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया