बिहीबार, जेठ २, २०८२

राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण

नेपालखोज २०७७ असार ११ गते १७:५८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

भण्डारीले आज नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई आएका विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए ।

उनकाअनुसार राष्ट्रपतिले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, खेलकुद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिन् ।

प्रतिक्रिया