माग पूरा नभए आन्दोलन गर्ने होटल व्यवसायीको चेतावनी
काठमाडौँ । साना होटल व्यवसायीहरुले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
कोरोनाका कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको भन्दै साना होटल व्यवसायीहरुको छाता संगठन महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका अध्यक्ष हिराध्वज शाहले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिए । उनले विषम परिस्थितिमा सरकारले ठूला तारेहोटल र साना होटलहरुबीच विभेद गरेको आरोप समेत लगाए ।
साना होटलहरुले विदेशबाट आउने नागरिकलाई १४ दिनसम्म ‘क्वारेन्टिन’मा राख्न बिनाशुल्क होटल दिन तयार रहँदासमेत तारेहोटलमा महँगो शुल्क तिर्न बाध्य पारिएको उनले बताए ।
होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनीको बैंक ऋणको ब्याजमा सहुलियत दिनसमेत माग गरेका छन् ।
प्रतिक्रिया