शुक्रबार, वैशाख १४, २०८१

आज शुक्रबार महालक्ष्मी देवीको आराधना गर्नुहोस धन प्राप्ती हुनेछ ।। आजको राशिफल ।।

नेपालखोज २०७७ असार १२ गते ६:०३

आज १२ आषाढ २०७७ शुक्रवार को राशिफल

मेष
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।

मिथुन
अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । शुभ कार्यमा सफलता मिल्नेछ । व्यापारमा धनलाभ हुनेछ ।

सिंह
आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

तुला
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

धनु
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

कुम्भ
लाभदायक यात्रा होला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

बृष
सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

कर्कट
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कन्या
यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्तिको कमी हुनेछ । स्वास्थ्यमा लाभ भने हुनेछ ।

बृश्चिक
आज समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । आर्थिक लाभ हुने र भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर
आजबाट शुभ कार्यको थालनी होला । आर्थिक कारोवारमा सफलता पाइएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ ।

मीन
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ योजना र अवसरपनि मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया