आज एकै दिन ७० जनाले कोरोना जिते
नेपालखोज
२०७७ असार १२ गते १२:५९
झापा । प्रदेश १ बाट आज ७० जना सङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ आईसोलेसन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् ।
मोरङका १२ जना, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेहरु सबै जेठ २५ देखि ३० गतेसम्म भर्ना भएकाहरु रहेका छन् । ७० जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया