बिहीबार, माघ १०, २०८१

सदाकोे परिवारलाई पाँच लाख सहयोगको घोषणा

नेपालखोज २०७७ असार १२ गते १३:१७

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको आइसोलसनमा मृत्यु भएका १६ वर्षीय किशोर राजु सदाकोे परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

Advertisement

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप पाँच लाख दिइने जानकारी दिए । प्रदेश–२ सरकारले राजुको मृत्युको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साहको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन समेत गरेको छ ।

समितिले राजुको मृत्यु के कति कारणले भएको हो भन्ने अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न समाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

समयमै उपचार नहुँदा राजुको गएको मंगलबार प्रादेशिक अस्पतालको इमरेजन्सी कक्षमा मृत्यु भएको थियो । भारतको मदरासबाट झण्डै एक साता लगाएर साथीभाइसँग घर फर्केका राजलाई हंसपुर नगरपालिका ७ को क्वारेन्टिनमा राखिएको थियो ।

क्वारेन्टिनमा बसेको १० दिनपछि राजुलगायतको आरडीटी परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । दुई दिनपछि आफूलाई सञ्चो नभएको बताएपछि उनलाई प्रादेशिक अस्पतालको आइसोशन कक्षमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया