शनिबार, जेठ ४, २०८२

नेकपा बैठक : पहिलो वरियताका अध्यक्ष ओली अनुपस्थित, बैठक सीमा विवादमा मात्रै केन्द्रित

नेपालखोज २०७७ असार १२ गते १८:३३

काठमाडौँ । भारतसँग वार्ताका लागि पटक पटक प्रयास गर्दा समेत कुनै प्रतिक्रिया नआएको परराष्ट्रमन्त्री प्रदिप ज्ञँवालीले बताउनु भएको छ । नेकपाको स्थायी कमिति बैठकमा भएको सीमा विवादको छलफलको क्रममा उनले सो कुरा बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सन् १८१६ देखिका सन्धि सम्झौतासहित नेपालले आफ्नो भूमि फिर्ता ल्याउनका लागि अहिलेसम्म गरेका सबै प्रयासबारे बैठकमा जानकारी गराए ।

पर्यटनमन्त्री एवम् स्थायी कमिटि सदस्य योगेश भट्टराईका अनुसार बैठकमा नेताहरुले डुबान र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि भारतसँग सरकारले प्रभावकारी वार्ता गर्नुपर्ने सुझाव दिएका छन् ।

पछिल्लो समय कोभिड–१९ को महामारी कम भएपछि वार्तामा बस्ने विभिन्न अनौपचारिक फोरमहरुबाट जानकारी आएको बैठकमा ज्ञवालीले बताए ।

बैठकमा आफ्नो धारणा राख्ने सबै सदस्यहरुले अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री तथा नेकपाका पहिलो वरियताका अध्यक्ष केपिशर्मा ओली अनुपस्थित भएपछि आजको बैठक सीमा विवादमा मात्रै केन्द्रित भएको छ ।

प्रतिक्रिया