गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ४ उद्योगलाई कारबाही
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तहीन सिमेन्ट उत्पादन गर्ने ४ वटा उद्योगलाई कारबाही गरेको छ ।
विभागले गरेको बजार अनुगमनका क्रममा ४ वटा सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्ट नेपाल गुणस्तर अनरुप नरहेको फेला पारेपछि कारबाही प्रक्रिया थालनी गरेको हो ।
विभागले बाराको रिलायन्स सुपरटेक सिमेन्टको पिएससी सिमेन्ट गुणस्तरहीन रहेको भन्दै सिमेन्ट उद्योगको इजाजत पत्र नै रद्द गरेको छ । उक्त सिमेन्ट उद्योगले इजाजत रद्द गरेको समयमा पनि सिमेन्ट बिक्री वितरण गरेको फेला पारेको हो ।
यसैगरी, विभागले पर्साको इन्टरनेसनल सिमेन्ट उद्योगकोे ओपिसी सिमेन्ट इजाजज रद्द भएको अवस्थामा पनि बिक्री वितरण गरेको भन्दै कारबाही गरेको छ ।
यसैगरी विभागले अग्नि सिमेन्ट उद्योग प्रालीलाई समेत कारबाही गरेको छ विभागले अग्नि सिमेन्ट उद्योग रुपन्देहीसँग स्पष्टीकरण मागेको छ । उक्त सिमेन्ट उद्योगको पिपिसी ब्रान्डको सिमेन्टको संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थको मापन नेपाल गुणस्तर भन्दा बाहिररहेको भन्दै स्पष्टीकरण सोधको छ ।
यसैगरी अग्नि सिमेन्टकै ओपिसि ब्रान्डका उत्पादनमा पनि आइआर मापन नेपाल गुणस्तरभन्दा बढी रहेको भन्दै स्पष्टीकरण साधेको छ । साथै विभागले सर्वोत्तम सिमेन्ट नवलपरासीको ओपिसी सिमेन्टमा पनि आइआरको मापन नेपाल गुणस्तरभन्दा बढी रहेको भन्दै स्पष्टीकरण सोधेको छ ।
प्रतिक्रिया