बुधबार, वैशाख २६, २०८१

१६८ किलोग्रामकी महिलाले सुरक्षित जन्माइन छोरी

नेपालखोज २०७७ असार १३ गते १२:२१

काठमाडौं– १ सय ६८ किलोग्रामकी ३१ वर्षीया एक महिलाले सकुशल शिशुलाई जन्म दिएकी छन् । शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा उनको सफल शल्यक्रिया भएको थियो । आमा र बच्चा दुवै सुरक्षित रहेको नर्भिक अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालकी ल्याप्रोसकोपिक सर्जन डा. नूतन शर्माका अनुसार असार ११ गते ती महिलाको शल्यक्रिया गरेर २.९५ किलोग्रामको स्वस्थ शिशु जन्माइएको हो । डा. शर्माले भनिन्– ‘असाधारण तौलले गर्दा यो प्रसूति प्रक्रिया जोखिमपूर्ण थियो, नेपालमा शल्यक्रियाबाट १ सय ६८ किलोग्रामकी महिलाको प्रसूति भएको सम्भवतः यो नै पहिलो हो ।’ मोटोपनले गर्दा गर्भाधान सहज नहुने भएता पनि उनले आधुनिक प्रविधिको प्रयोग गरेर यो सम्भव भएको डा. शर्माले बताइन् । सामान्य महिलाको तुलनामा तेब्बर तौल भएकी ती महिलालाई कुनै शारीरिक रोग थिएन । आमा र छोरी दुवै स्वस्थ छन् ।

‘ब्लड प्रेसन नाप्ने मेसिनको बेल्ट सानो भयो, विशेष प्रकारबाट रक्तचाप नाप्नुप¥यो, उनको तौल धेरै भएकाले विशेष एनेस्थेटिस्टको सहयोग लिनुप¥यो ।’ सामान्य महिलाको गर्भाधारणपछि तौल बढीमा ७० देखि ८० किलोग्रामसम्म पुग्छ । डा. शर्माका अनुसार औसत महिलाको गर्भधारणपछि अधिकतम १२ देखि १५ किलोग्राम तौल बढ्छ ।

वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतम आफ्नो २६ वर्षे चिकित्सा पेशामा अधिकतम १ सय २५ किलोग्रामसम्मको महिलाको शल्यक्रिया गरेर बच्चा जन्माएको अनुभव सुनाउँछन् ।

प्रतिक्रिया