मंगलबार, चैत ४, २०८१

टोल-फ्रि नम्बरको व्यवस्था गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपालखोज २०७७ असार १३ गते १२:४०

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्राहकले सम्पर्क गर्दा पैसा नलाग्ने टेलिफोन नम्बर (टोल-फ्रि) नम्बरको व्यवस्था गर्न इन्टरनेट सेवा प्रदायकललाई निर्देशन दिएको छ ।

Advertisement

ग्राहकको समस्या तोकिएको समयभित्र समाधान गर्नुपर्ने तथा सेवाग्राहीको सपोर्ट र मेन्टेनेन्स तथा सेवासम्बन्धी गुनासो समाधान गर्नुपर्ने भएकाले त्यसका लागि टोल फ्रि नम्बर सञ्चालन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

प्राधिकरणबाट इन्टरनेट सेवा सञ्चालनको अनुमतिप्राप्त सेवा प्रदायकले इन्टरनेट सेवाको अनुमतिपत्रको शर्तअनुसार ग्राहसकसँग लिइने सेवा शुल्कसम्बन्धी विवरण निस्शुल्क उपलब्ध गरानुपर्ने भएकाले पनि टोल–फ्रि सञ्चालन गर्न प्राधिकरणले भनेको छ ।

प्रतिक्रिया