बिहीबार, जेठ ९, २०८२

आज एकैदिन स्याङजाका ३४ जनाले कोरोना जिते

नेपालखोज २०७७ असार १३ गते १४:२४

स्याङजा । स्याङजामा आज एकैपटक ३४ जनाले कोरोनाभाइरसलाई जित्न सफल भएका छन् । कालिका सामुदायिक अस्पताल हेलुमा उपचार गराइरहेका ३४ जनाले किरोनालाई जितेर घर फर्किएका हुन् ।

उनीहरु सबैको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको जनाइएको छ ।

कोरोना निको भई डिस्चार्ज हुनेहरुमा गल्याङ नगरपालिकाका १६ जना, वालिङका १० जना, आँधीखोला गाउँपालिकाका ४ जना, अर्जुनचौपारी गाउँपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना रहेका छन् ।

प्रतिक्रिया