शनिबार, जेठ ११, २०८२

मौरीसहितको एकसय घार वितरण

नेपालखोज २०७७ असार १३ गते १७:५९

स्याङजा । स्याङ्जाको वालिङ नगरपालिकाले व्यावसायिकरुमा मौरीपालनलाई विस्तार गर्न मौरीसहितको एकसय घार वितरण गरेको छ ।

नगरपालिका अन्तर्गत कृषि शाखाले आवेदन माग गरेसँगै चार समूह तथा सहकारी संस्था छनोट गरी मौरीसहितको घार वितरण गरेको कृषि शाखा प्रमुख केशबहादुर थापाले बताए ।

कान्छी मनकामना कृषक समूह वालिङ–७, बर्तुङ फूलबारी कृषक समूह वालिङ–१०, थुमपोखरा कृषि सहकारी संस्था वालिङ–१३ र हुल्काङ कृषि सहकारी संस्था वालिङ–१४ लाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको हो ।

नगरपालिकामा पहिलो चरणमा यसवर्ष मौरीसहितको एकसय उन्नत घार वितरण गरिएको र यसको प्रभावकारितालाई हेरेर आगामी वर्ष थप विस्तार गर्दै लगिने नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

प्रतिक्रिया