शनिबार, वैशाख १५, २०८१

कोरोना : विश्वमा ज्यान गुमाउनेको संख्या पाँच लाख नाघ्यो

नेपालखोज २०७७ असार १४ गते ६:१६

नेपाल खोज डेस्क,
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या पाँच लाख नाघेको छ । ओल्डोमिटर्सका अनुसार हालसम्म विश्वभर ५ लाख ६ सय २५ को मृत्यु भइसकको छ ।

भने विश्वभरी संक्रमितको संख्या एक करोड ७४ लाख नाघेको छ । ५४ लाख ५२ हजार उपचार पछि निको भइसकेका छन् । हाल विश्वभर ४१ लाख २१ हजार मानिस उपचाररत छन् । ति मध्ये ९९ प्रतिशत अर्थात् ४० लाख ६४ हजारको अवस्था सामान्य रहेको छ भने १ प्रतिशत अर्थात ५७ हजार ७ को अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घन्टामा एक लाख ७५ हजार संक्रमित थपिएका छन् । ४५ सय जनाको मृतक थपिएका छन् । अमेरिकामा २५ लाख ९६ हजार संक्रमित संख्या छ । त्यहाँ एक लाख २८ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा १३ लाख संक्रमितमध्ये ५७ हजारको मृत्यु भएको छ । रुसमा ६ लाख २७ हजार संक्रमित संख्या छ । त्यहाँ ८ हजार ९ सयको मृत्यु भइसकेको छ । भारतमा ५ लाख २९ हजार संक्रमित मध्ये १६ हजारको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया