बिहीबार, माघ १०, २०८१

स्याङ्जामा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु

नेपालखोज २०७७ असार १४ गते ८:१८

स्याङ्जा । अविरल वर्षासंगै आएको पहिरोले पुरिएर स्याङ्जाको गल्याङमा एक जनाको मृत्यु भएको छ । भने एक महिला घाइते भएकी छन् ।

Advertisement

पहिरोमा परेर गल्याङ नगरपालिका-९ साङ्लियका ४९ वर्षीय यमबहादुर विकको ज्यान गएको वडाध्यक्ष हरी खनालले जानकारी दिए ।

राति ३ बजेतिर घर माथिबाट आएको पहिरोमा परेर उनकी श्रीमती घाइते भएकी हुन्। उनलाई उपचारका लागि पाल्पा लगिएको छ । ३ जनाको परिवार रहेको विकको परिवारमा एक जना भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया