शुक्रबार, वैशाख १४, २०८१

हिमालय एयरलाइन्स र ह्वावेवीच सहकार्य गर्ने सम्झौता

नेपालखोज २०७७ असार १४ गते १७:३१

काठमाडौं । हिमालय एयरलाइन्स र ह्वावेवै वीच सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

हिमालय एयरलाइन्स डिजिटल रूपान्तरणको मुख्य चरणमा छ । ह्वावेसँग योजनाबद्ध साझेदारी स्थापना गरेर यसका साझेदारहरूसँग इकोसिस्टममा सहयोग गर्दै हिमालय एयरलाइन्सले आफ्नो डिजिटल रूपान्तरणको गति बढाउने लक्ष्य लिएको छ । जसबाट कम्पनीलाई छिटो विकासको नयाँ चरणमा धकेल्ने विश्वास हिमालय एयसलाईन्सले लिइएको छ । जसका लागि हिमालय एयरलाइन्सले विश्व कै अग्रणी आईसीटी समाधान प्रदायकलाई छनौट गरेको हो ।

सहकार्य पश्चात साझेदारको रूपमा संसारभरका विभिन्न उद्योगहरूको डिजिटल रूपान्तरणको समृद्धिमा अनुभवी छ र एक अर्काबीच योजनाबद्ध सहयोग सम्बन्धको निर्माण गर्दछ । उन्नत डिजिटल टेक्नोलोजीको साथ नेपाल नागरिक उड्डयन उद्योगमा योगदान दिन नेपालको ह्वावे स्थानीय टोलीसँग मिलेर काम गर्ने छ ।

सम्झौता पत्रमा हिमालय एयरलाइन्सका सीईओ जोउ एन्योङ्ग रे ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेंग शुइगेनले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेपालमा चिनियाँ दूतावासका वाणिज्य सल्लाहकार जांग फ्यान , तिब्बत स्वायत्त क्षेत्रका वाणिज्य विभाग उप महानिर्देशक वांग पिंग, ह्वावे एशियन प्यासिफिक क्षेत्र क्लाउडका अध्यक्ष जउ डन्जिन, र AI व्यवसायी, र नेपालका अन्य उद्यमीहरूले ह्वावे अनलाइन भिडियो कन्फरेन्स प्रणालीको प्रयोग गरेर उपस्थिति जनाएका थिए ।

प्रतिक्रिया