शनिबार, माघ १२, २०८१

पशुपतिको एउटा शिवलिंग व्यक्तिको घरमा

नेपालखोज २०७७ असार १५ गते ७:५६

काठमाडौं– पशुपतिनाथमा शिव भगवानका ११ वटा रुपलाई एकादशरुद्र भनिन्छ । एकादशरुद्रमध्येको १ रुद्रले व्यक्तिको घरभित्र थुनिएर वस्नु परेको छ ।
हरेक दिन पशुपतिका मुलभट्टले उक्त रुद्रलाई दर्शन गरी सपथ लिएर मात्र मन्दिर प्रवेश गर्नुपर्छ । यति शक्तिशाली रुद्रको शिवलिंग अहिले एक व्यक्तिको घरमा छ । मुलभट्ट आएपछि घरमूलीले ढोका खोलिदिन्छन्, सपथ खाएर फर्किएपछि ढोका वन्द ।
मन्दिरको गर्भगृहमा प्रवेश पाउनलाई घरभित्र थुनिएर रहेको शिवलिंगले अनुमति दिनुपर्छ । यस्तो शक्तिशाली रुद्र भुवनेश्वरी टोलमा कसैको घरभित्र रहेको छ । यो मन्दिरबाट ५ सय मिटरको दुरीमा छ ।
पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा यस विषयमा भन्छन्– ‘पहिला पशुपतिक्षेत्रमा घना वस्ती थिएन । मुलभट्टले मन पराएका व्यक्तिलाई जहाँ वस्न दियो त्यहीँ घर बनाउने चलन थियो । त्यसैले ती शिवलिंग घरभित्र परेको हुनसक्छ ।’ डा. खतिवडा थप्छन्– ‘उहाँहरुले शिवलिंगको ठाउँ नछोडिकन घर बनाउनु भएछ, कोषले अधिग्रहण गर्न चाहेको छ, सर्वसाधारणको दर्शनका लागि उक्त शिवलिंग राख्ने हाम्रो चाहना छ ।’  याे समाचार आजकाे अन्नपुर्ण पाेष्टले छापेकाे छ ।

Advertisement

प्रतिक्रिया