शुक्रबार, वैशाख १४, २०८१

डब्ल्यूएचओ : कोरोनाको सबैभन्दा खराब समय आउनै बाँकी

नेपालखोज २०७७ असार १६ गते ७:०७

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै भएको बताएको छ । विश्वभरी नै कोरोनाभाइरस संक्रमितको संख्या १ करोड नाघि सकेको छ ।

भने यसबाट ५ लाख ७ हजार बढीले ज्यान गुमाइ सकेका छन् । यसबाट विश्वव्यापी अर्थव्यवस्था नराम्रो अवस्थाबाट गुज्रिरहेको छ ।

तर विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियाससले यदि संसारभरीका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई संक्रमित गर्न सक्ने धारणा व्यक्त गरेका छन् ।

टेड्रोसले सबै देशलाई जर्मनी, दक्षिण कोरिया र जापानले अपनाएको बाटोमा हिँड्न आग्रह गरेका छन् । यी देशले लगातार ट्रेसिङ र टेस्टिङको नीति अपनाएको छ ।

प्रतिक्रिया