मंगलबार, माघ १, २०८१

महाधिबेशन कार्यतालिका परिमार्जन गर्न कांग्रेस कार्यसमिति बैठक बस्दै

नेपालखोज २०७७ असार १६ गते ८:३९

काठमाडौं । पार्टीको १४ औं महाधिबेशनको कार्यतालिका परिमार्जन गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

Advertisement

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति हेरफेर नगरी तल्लो तहको अधिबेशनको मिति परिमार्जन गर्ने कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

गत आइतबार बसेको पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिबेशनको मिति परिमार्जन गर्ने निर्णय गरेको थियो ।

गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिबेशन आगामी फागुन ७(१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गर्दै महाधिबेशन कार्यतालिका तय गरेको थियो ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आगामी कात्तिक १६ गतेदेखि गाउँरनगर वडा अधिबेशनबाट सुरु हुने भनिएको कांग्रेसको महाधिबेशन कोरोना भाइरसका कारण प्रभावित भएको छ ।

प्रतिक्रिया