बुधबार, वैशाख १२, २०८१

ज्वाईलाई पनि नागरिकता दिनुपर्ने कांग्रेस सभापतिको माग

नेपालखोज २०७७ असार १६ गते १३:४९

काठमाडौं । नेपाली महिलासँग विवाह गरेका विदेशी पुरुषलाई पनि नागरिकता दिनुपर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ दलसँग माग राखेका छन् ।

नागरिकता दिँदा महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुनेमा देउवाले जोड दिएका छन् ।  ‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउने तर नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन’ भनेर देउवाले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘महिलालाई नागरिकता दिने तर पुरुषलाई नदिँने गर्दा पुरुष दोस्रो दर्जाको नागरिक बन्छ । यसरी ल्याइएको प्रावधान संशोधन गरी लिंगको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु ।’ देउवाले लेखेका छन् ।

प्रतिक्रिया