बिहीबार, जेठ २, २०८२

९४ प्रतिशत कोरोना आयातित

नेपालखोज २०७७ असार १६ गते २०:०२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिलेसम्म संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको बताए । ने

पाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोगस्वरुप उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु बुझ्दै अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदाय स्तरमा संक्रमण फेला परेको बताए ।

करिब १३ हजार संक्रमित मध्ये ३ हजार २ सय निको भइसकेकाले अहिले पनि नियन्त्रणमै रहेको उनको भनाई छ । मन्त्री ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी ल्याबहरुको विस्तार गर्न लागेको समेत जानकारी दिए ।

प्रतिक्रिया