शुक्रबार, वैशाख १४, २०८१

पीसीआर परीक्षणको रिपोर्ट नखोज्न मन्त्रालयको आग्रह

नेपालखोज २०७७ असार १६ गते २०:०८

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिसँग पीसीआर परीक्षणको रिपोर्ट नखोज्न आग्रह गरेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बाहिरबाट आएका व्यक्तिमा पनि कोरोनाको लक्षण नदेखिए परीक्षण आवश्यक नभएको बताए ।

उनले बाहरिबाट आएका व्यक्तिहरु दुई हप्तासम्म मापदण्ड बमोजिम क्वारेन्टिनमा बसेको प्रमाण भएमा र कोरोनाको कुनै लक्षण नदेखिएमा उनलाई परीक्षण बिनै घर पठाउन मिल्ने बताए । लक्षण नै नभएका व्यक्तिबाट कोरोना नसर्ने समेत स्पष्ट पारिएको छ ।

प्रतिक्रिया