आइतबार, चैत ९, २०८१

मौरीको पकेट क्षेत्रमा आधुनिक घार वितरण

नेपालखोज २०७७ असार १७ गते ११:०६

जाजरकोट । मौरीको पकेट क्षेत्रका रूपमा रहेको नलगाड नगरपालिका–१ र २ मा नगरपालिकाद्वारा आधुनिक घार वितरण गरिएको छ । मह उत्पादन वृद्धि गरी किसानको अर्थोपार्जन बलियो बनाउन आधुनिक घार वितरण गरिएको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

Advertisement

जिल्लाको सबैभन्दा बढी मह उत्पादन हुने यहाँ नगरपालिकाले पकेट क्षेत्र घोषण गरी योजनावद्धरूपमा काम गरिरहेको छ । पचास प्रतिशत अनुदानमा घारहरु वितरण गरिएको नगरपालिका कृषि शाखाका बालकृष्ण आचार्यले जानकारी दिए ।

गाउँमा रहेका खोपे र मुढेघार विस्थापित गरी आधुनिक घारमय गाउँ बनाउने लक्ष्य रहेको उनको भनाइ छ । वडा नं १ मा २५० र वडा नं २ मा २०० घार वितरण गरिएको छ । त्यस्तै फलफूलका बिरुवासमेत वितरण गरिएको छ । तीन हजार आँप, पाँच हजार कागती, पाँच हजार ५०० सुन्तला, छ हजार ५०० टिमुरका बिरुवा वितरण गरिएको छ ।

प्रतिक्रिया