बिहीबार, चैत ६, २०८१

कांग्रेस सांसद छन्त्यालको निधन

नेपालखोज २०७७ असार १७ गते ११:३१

काठमाडाै‌ । नेपाली कांग्रेसको समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । शहिद गंगालाल अस्पताल काठमाडौंमा बुधबार उनको निधन भएको हो ।

Advertisement

बागलुङको तमानखोला गाउँपालिका–५ मा जन्मिएकी छन्त्याल मुटुसम्वन्धि समस्याबाट पीडित थिइन् । ६६ वर्षकी छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बाग्लुङ क्षेत्र नं. २ बाट निर्वाचित भएकी थिइन् ।

छन्त्याल लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएको नेपाली कांग्रेस बाग्लुङ क्षेत्र नं. २ का सभापति द्रोण कुँवरले जानकारी दिए ।

प्रतिक्रिया