शुक्रबार, चैत १६, २०८०

अमेरिकामा कोरोना संक्रमितको संख्या दैनिक एक लाख नाघ्ने चेतावनी

नेपालखोज २०७७ असार १७ गते १३:४३

एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या दैनिक एक लाख नाघ्ने चेतावनी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले दिएका छन् ।

सिनेटमा भएको सुनुवाईमा डा. फाउचीले संक्रमितको संख्या दैनिक एक लाख पुगेमा आफू आश्चर्यमा नपर्ने भन्दै महामारी नियन्त्रण बाहिर गएको उल्लेख गरे । अमेरिकीले मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्ने जस्ता संक्रमणबाट जोगिने उपायको प्रभावकारी पालना नगर्दा समस्या थप गम्भीर बन्दै गएको उनको भनाई छ ।

डा. फाउचीले अमेरिकामा दैनिक संक्रमण हुने मध्ये आधा चार राज्यका नागरिक रहेको भन्दै सचेतता अपनाउन आग्रह गरेका छन् । यस्तै न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले अरु राज्यबाट आउने आधा अमेरिकी आइसोलेशनमा बस्नु पर्ने बताउएका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १ लाख ३० हजार भएको छ । पछिल्ला दिनमा त्यहाँ दैनिक ४० हजार भन्दा बढी संक्रमित थपिइरहेका छन् ।

प्रतिक्रिया