मंगलबार, वैशाख ४, २०८१

उच्च सर्तकतासहित नेपाल एयरलाइन्सको उडान

नेपालखोज २०७७ असार १७ गते १४:५०

काेठमाडाै‌ । कोभिड–१९ को महामारीले संसारभरका उडान बन्द भएका छन् । यस्तो अवस्थामा पनि नेपाल एयरलाइन्सले भने ६१ उडानमार्फत् करीब १० हजार यात्रुलाई सेवा दिईसकेको छ । उच्च सर्तकता अपनाएर नेपाल एयरलाइन्सले चार्टर्ड उडानमार्फत् सेवा दिएको बताएको छ ।

एयरलाइन्सले अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्दै कोभिड–१९ रोकथामका लागि अपनाइएको अन्तर्राष्ट्रिय सुरक्षाका विधिहरु अपनाएको छ । विमानभित्र केही समस्या भएमा तत्काल आइसोलेसनमा राख्ने । संक्रमणको जोखिम कम गर्ने उपायहरु अपनाइएको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वारचनले बताए । चालकदलका सदस्यहरुलाई घर जान नदिई सोल्टी होटलमा सेटअप गरी क्वारेनटाइनमा राखिएको उनले बताए ।

मालदिभ्स, बहराइन, दुबई र मलेसियाले गरेको सोसियल डिस्टेन्स मेन्टेनभन्दा नेपाल एयरलाइन्सको सुरक्षा सर्तकता व्यवस्थित भएको नेपाल एयरलान्सका पाइलट सुरज भण्डारीले बताए । त्यहाँ यात्रुलाई हुलमा लगिएको थियो तर हाम्रो एयरलाइन्सले ३०÷३० जना मात्र लिएर गएको उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएका व्यवस्थाहरु (मार्किङ्स, स्यानीटाइजर, डाक्टरको तयारी अवस्था, कर्मचारीलाई क्वारेन्टाइनको व्यवस्था, पिसीआर परीक्षण गर्ने लगायतका सुविधाहरु डब्लुएचओले दिएको निर्देशिका बमोजिम रहेकाले परचारिका, पाइलटले आफूलाई सुरक्षित महसुुस गरेको एयरलाइन्सका कर्मचारी बताउँछन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि हवाई उडान पनि बन्द रहेको थियो । तर, पछिल्लो समय विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने भएपछि नेपाल एयरलाइन्सले चार्टर्ड उडानमार्फत् बिजनेस पाएको हो । विश्वभर कोरोनाको संक्रमण फैलिएको अवस्थामा विभिन्न मुलुकमा चार्टर्ड उडान गर्नु निकै जोखिमपूर्ण मानिन्छ । तर, यस्तो अवस्थामा पनि एयरलाइन्सका पाइलट तथा परिचारिकाहरुले स्वास्थ्य सतर्कता अपनाएर सेवा दिँदै आएको जनाएको छ । त्यसैगरी, जुलाई ८ देखि नेपाल एयरलायन्सले युएन् को उडान गर्ने तयारी समेत गरेको छ ।

प्रतिक्रिया