शुक्रबार, चैत १६, २०८०

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, कुल संख्या ३० पुग्यो

नेपालखोज २०७७ असार १७ गते १६:५७

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार मृत्यु हुनेमा अछाम रामारोशन गाउँपालिकाका ४५ वर्षीय एक पुरुष रहेका छन् ।

उनी मधुमेहको बिरामी रहेको बताइएको थियो । योसंगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

प्रतिक्रिया