बिहीबार, वैशाख १३, २०८१

इरानमा बिस्फोट र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु

नेपालखोज २०७७ असार १७ गते १९:००

एजेन्सी । इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको बिस्फोट र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका छन् । प्रारम्भिक अनुसन्धानमा स्वास्थ्य उपचार गर्ने एक क्लिनिकको तल्लो तलामा राखिएका अक्सिजनका सिलिण्डर बिस्फोट भएका पाइएको छ ।

प्रहरी र उद्धारकर्मीले घटनास्थलबाट अरु घाइतेको उद्धार गरी अस्पताल लगेका थिए । उक्त घटनामा कसको संलग्नता रहेको थियो भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया