बिहीबार, वैशाख १३, २०८१

एन्फाद्वारा कास्की जिल्ला फुटबल संघको अनियमितताका बारेमा छानबिन सुरु

नेपालखोज २०७७ असार १७ गते १९:०३

कास्की । कास्की जिल्ला फुटबल संघको अनियमितताका बारेमा छानबिन सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय उपाध्यक्ष वीर बहादुर खड्का नेतृत्वको छानविन समितिले बुधबारबाट एन्फा कास्कीको अनियमितताबारे छानबिन थालेको हो ।

लामो समयबाट एन्फा कास्कीमाथि छानबिन हुनु पर्ने माग बढेपछि एन्फाले उपाध्यक्ष खड्काको नेतृत्वमा समिति बनाएको थियो । समितिमा खड्कासँगै आनन्द रंजित र नारायण अधिकारी रहेका छन् । समितिका संयोजक खड्काका अनुसार उक्त समितिले एन्फा कास्कीको वर्तमान कार्यसमितिको दुई वर्षको हिसाब किताब हेर्नेछ ।

यससहित पूर्व कार्यकारी समितिको आर्थिक पक्ष पनि छानबिन गरिनेछ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ गत माघमा बैकिंङ कसुर सहित तीन वटा मुद्दामा पक्राउ परेका थिए । त्यसयता एन्फा कास्की माथि छानविन गरिनुपर्ने माग बढेको थियो ।

प्रतिक्रिया