शुक्रबार, वैशाख ७, २०८१

एनएमबी बैंकलाई आईएफसीको २५ मिलियन डलर ऋण

नेपालखोज २०७७ असार १७ गते १९:४९

काठमाडाै‌ । आईएफसीले एनएमबी बैंकलाई करिब २५ मिलियन डलर अर्थात् लगभग ३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । ऋण उपलब्ध गराउने विषयमा आईएफसी र एनएमबी बैंकबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त समझदारीमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल के.सी. र आईएफसीका एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डे बीच हस्ताक्षर सम्पन्न भएको छ । आईएफसी विश्व बैंक समुहको अन्तर्राष्ट्रिय वित्त निगम हो ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउने बाटो नेपाल राष्ट्र बैंकले बैंकहरूलाई खुलाइदिएको हो । यो बाटो खुलेसँगै सबैभन्दा बढी वैदेशिक ऋण एनएमबी बैंकले लिएको छ ।

एनएमबी बैंक दुई बर्षको अवधिमा आईएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो यो अन्तर्राष्ट्रिय बैंदेशिक लगानी हुनेछ ।

आईएफसीले ऋण दिने सम्बन्धमा सम्झौता गरेको जनाउँदै यस मझौला उद्योगमा ऋण प्रवाहमा सहयोग पुर्याउनुका साथै रोजगारी वृद्धिमा समेत योगदान पुग्ने जनाएको छ ।

एनएमबीले यसअघि नै १५ मिलियन डलर आईएफसीबाट ऋण ल्याइसकेको छ । बैंकले स्वीट्जरल्यान्डको सिम्वायोटिक्स इन्भेस्टमेन्ट कम्पनीबाट करिब १ अर्ब रुपैयाँ र बेलायतको कमन वेल्थ डेभलपमेन्ट को–अपरेसनबाट करिब १ अर्ब रुपैयाँ ऋण ल्याइसकेको जनाएको छ ।
यस वित्तीय समझदारीले कोरोनाको कारणले आईपरेका कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपूर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्ने जनाइएको छ ।

प्रतिक्रिया