आज कांग्रेस पार्टी कार्यालय बन्द, झण्डा आधा झुकाइने
नेपालखोज
२०७७ असार १८ गते ७:१८
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिले सांसद ज्ञानकुमारी छन्त्यालप्रति सम्मान प्रकट गर्दै बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार भएको पार्टी केन्द्रीय समितिको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालमा शोक प्रस्ताव पारित गर्दै यस्तो निर्णय गरेको हो । बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्नुका साथै पार्टीको झण्डा आधा झुकाइने बताइएको छ । कुनै पनि औपचारिक कार्यक्रम भने नहुने जनाइएको छ ।
प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको बुधबार बिहान उपचारका क्रममा असामयिक निधन भएकोमा शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
उहाँको निधनबाट पार्टीले एक निष्ठावान् एवं कुशल नेत्रीलाई गुमाएको र त्यसबाट पार्टीलाई अपूरणीय क्षति भएको बताउँदै सभापति देउवाले पार्टी र आफ्नातर्फबाट श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया