डडेलधुरामा नागरिकको चन्दाबाट पीसीआर मेसिन जडान
नेपालखोज
२०७७ असार १८ गते १३:१२
डडेलधुरा । डडेलधुरामा आजबाट कोरोना भाइरसको परिक्षण हुने भएको छ । मुलुकभित्र र बाहिर रहेका नेपालीबाट चन्दा संकलन गरी खरिद गरिएको पीसीआर मेसिन डडेल्धुरा अस्पतालमा हिँजो जडान गरिएपछि आजबाट परिक्षण नियमित हुने भएको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश विष्टले दैनिक ९० नमुना परीक्षण गर्न सक्ने जानकारी दिए । पीसीआर मेसिनको अभाव हुँदा यसअघि प्रदेशका सबै जिल्लाको स्वाब धनगढी पठाउने गरिएको थियो ।
धनगढीमा पनि चाप बढेपछि काठमाडौँ पठाउने गरिएको थियो । काठमाडौँमा स्वाब धेरै भएपछि रिपोर्ट आउन समय लाग्ने गरेकोमा अब डडेल्धुरामा अर्काे मेसिन थपिएपछि केही सहज हुने अपेक्षा गरिएको छ ।
नागरिकले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गरे पनि प्रदेश सरकारले यसअघि नै खरिद गर्ने भनेको पीसीआर मेसिन भने अझै जडान हुन सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया