मंगलबार, वैशाख ११, २०८१

चीनमा बाढी र पहिरोमा परी १७ जनाको मृत्यु

नेपालखोज २०७७ असार १८ गते १३:१९

एजेन्सी । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा केही दिन यता परिरहेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको छ ।

सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएको जनाइएको छ । यसअघि ती स्थानमा १० जना बेपत्ता भएका जानकारी दिइएको थियो ।

जुन महिनाको २६ तारिखबाट मिआङ्निङ् काउन्टीमा भारी वर्षा भइरहेएको छ । हाल करिब पाँच हजार ६६० व्यक्ति सोही काउन्टीको उपजिल्ला यिहाई र गाओयाङमा रहेको अस्थायी शिविरमा बस्दै आएका छन् ।

वर्षाको कारण सो क्षेत्रमा प्रत्यक्षरूपमा करिब ७३ करोड ८० लाख युआन बराबरको आर्थिक क्षति भएको जनाइएको छ । सो बाढीग्रस्त क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया