नागरिकता विधेयक विरुद्ध सिके राउतको भैंसी जुलुस
नेपालखोज
२०७७ असार १८ गते १७:५७
सिरहा । सरकारले ल्याएको नागरिकता विधेयकको विरोध सिके राउत नेतृत्वको जनमत पार्टीले पनि गरेको छ । पार्टीका कार्यकर्ताहरुले सिरहाको औरही गाउँपालिका १ कुण्डलपुरमा विधेयकविरुद्ध भैंसी नै जुलुसमा निकालेका छन् ।
विधेयक मधेसविरोधी भएकाले विरोधस्वरुप भैंसी जुलुस निकालिएको पार्टीका नेता रामकरण यादवले जानकारी दिए । ओली सरकारलाई ‘भैंसी सरकार’को संज्ञा दिँदै विधेयक खारेज नगरे मधेसभर कडा आन्दोलन गरिने उनले चेतावनी समेत दिए ।
नेकपाको निर्णय पश्चात् सरकारले ल्याएको नागरिकता संशोधन विधेयकमा नेपालीसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि अंगीकृत नागरिकता पाउने प्रावधान छ ।
सम्बन्धित
प्रतिक्रिया