प्रधानमन्त्री ओलीको पक्षमा काठमाडौंमा नारा
नेपालखोज
२०७७ असार १८ गते १८:०१
काठमाडौँ । पछिल्लो समय सरकारविरुद्ध प्रदर्शन भइरहेका बेला आज काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नारा लागेको छ ।
कोरोनाभाइरसको महामारीका बेला जनतालाई राहत दिन नसकेको र स्वास्थ्य सामाग्री, औषधि खरिदमै भ्रष्टाचार भएको भन्दै सरकारको आलोचना भइरहेका बेला सडकमा प्रधानमन्त्री ओलीको पक्षमा नारा लागेको हो ।
माइतीघर मण्डलामा जम्मा भएका युवाहरुले ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै नारा लगाएका थिए । सरकारको पक्षमा प्रदर्शनमा उत्रिएकाहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’लगायतका नारा लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया