शनिबार, माघ ५, २०८१

दार्चुलाका तीन ठाउँमा बीओपीबी स्थापना

नेपालखोज २०७७ असार १८ गते २०:१३

दार्जुला । सशस्त्र प्रहरीले भारतसित सीमा जोडिएका दार्चुलाका तीन ठाउँमा बोर्डर आउट पोस्ट (बीओपी) राखेको छ । बिहीबार जिल्लाको भारत सीमाका ब्यास, मालिकार्जुन र लेकम गाउँपालिकामा एकरएकवटा बीओपी स्थापना भएको हो ।

Advertisement

सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म हेडक्वाटर दार्चुलाका अनुसार ब्यास गाउँपालिका–२ दुम्लिङ्, मालिकार्जुन गाउँपालिका–७ जौलजिवी र लेकम गाउँपालिका–३ लालीमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टले जानकारी दिए ।

सीमा क्षेत्रमा बीओपी स्थापना भएपछि सीमा अतिक्रमण, अवैध निकासी पैठारी, लागू औषध ओसारपसार नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाउन लागिएको जनाइएको छ ।

प्रतिक्रिया