बिहीबार, जेठ २, २०८२

कोरोना भाइरसको परीक्षण गर्न निजी प्रयोगशालालाई अनुमति

नेपालखोज २०७७ असार १८ गते २०:२४

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरूआतमा तीन निजी प्रयोगशालालाई पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्न अनुमति दिएको छ ।

मन्त्रालयले निजी प्रयोगशालाहरूलाई परीक्षण गर्न दिने निर्णय गरेको दुई सातापछि तीन वटा प्रयोगशालालाई अनुमति दिएको हो । अब अनुमति पाएसँगै प्रयोगशालाले परीक्षणको लागि चाहिने किटलगायत सबै सामग्री आफैं व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताका अनुसार काठमाडौं मेडिकल कलेज, स्टार हस्पिटल र सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरोटरीलाई परीक्षण अनुमति दिइएको छ ।

प्रतिक्रिया