बिहीबार, वैशाख १३, २०८१

पर्यटन क्षेत्र खुला गर्ने तयारी

नेपालखोज २०७७ असार १९ गते १२:५५

काठमाडौँ । कोभिड–१९ संक्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले जारी गरेको पर्यटन क्षेत्र सञ्चालन कार्यविधिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान तालिम दिन थालिएको छ ।

बोर्डले पर्यटन व्यवसायसँग सम्बन्धित संघ–संस्थासँगको सहकार्यमा पर्यटन व्यवसायीका लागि अनलाइन तालिम सञ्चालन गरेको हो ।

बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले तालिममा ६ सयलाई सहभागिता गराइने र यसलाई निरन्तरता दिइने बताए । पर्यटक विमानस्थलमा ओर्लेदेखि फर्किंदासम्म अपनाउनुपर्ने विषय प्रोटोकोलमा समावेश गरिएको छ ।

प्रतिक्रिया